डिल्ली आचार्य
गृहजिल्ला पाल्पामा बनेको ढाकाटोपी लगाएको
चिटिक्कको तस्बिर प्रोफाइलमा राखेर सामाजिक सञ्जालमा उपस्थिति जनाएका
अन्तरिम चुनावी मन्त्रिपरिषद्का अध्यक्ष खिलराज रेग्मी नेतृत्वको
सर्वोच्चको टिम दुई वर्षअघि कार्यालयमै एउटा समय मिलाएर कम्प्युटर सिक्थे ।
समयले फड्को मारिसेकेको छ । सार्वजनिक कार्यक्रममा हम्मेसी उपस्थित नहुने र
पदीय हैसियतमा जहाँ पायो त्यही नेता शैलीमा भाषण नगर्ने न्यायाधीशहरू
यतिबेला फेसबुकमार्फत विचारका संवाहक बनेका छन् । दुई वर्षअघिसम्म
न्यायाधीशहरू कम्प्युटर कुन ‘चरा’ को नाम हो, बुझ्दैनथे ।
श्रीमानको फेसवुकवाटै |
दुई वर्षबीचमा बाग्मतीमा यति पानी
बगिसक्यो कि प्रधानन्यायाधीशसहित सर्वोच्च अदालतका आधाभन्दा बढी न्यायाधीश
सामाजिक सञ्जाल फेसबुकमै बिताउन थालेका छन् । प्रधानन्यायाधीशकै हैसियतमा
अन्तरिम मन्त्रिपरिषद्का अध्यक्ष बनेका रेग्मीलाई नै पछ्याऔं । राष्ट्रपति
डा. रामवरण यादवसँग खिचाएको तस्बिर मात्र होइन, आफ्नो नेतृत्वमा सरकार
बन्नुअघि तीन मन्त्रीले मन्त्रिपरिषद् बैठक बहिष्कार गरेको सूचनासमेत उनको
फेसबुक फ्रोफाइलमा भेटिन्छ । आममानिस र कर्मचारीभन्दा भिन्न प्रकृतिका
जागिरे हुन्, न्यायाधीश ।
जसले न्यायको भाषा फैसला र आदेशमार्फत
मात्र बोल्छन् । यो परम्परागत र स्थापित मान्यता पनि हो । तर, सामाजिक
सञ्जालको बढ्दो उपस्थितिसँगै न्यायाधीशहरूले आफूलाई परम्परागत मान्यताबाट
अलग्याउन थालेका छन् । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईजस्तो
ट्विटरमार्फत तिखो ट्विट नगरे पनि अध्यक्षका हैसियतमा रेग्मीको फेसबुक
पेजमा नियमित भेटघाट र सार्वजनिक गतिविधिका अधिकांश तस्बिर टुट्दैनन् ।
अध्यक्ष बनेपछि आफैं चलाउन नभ्याए पनि सहयोगीमार्फत फेसबुकबाट उनी विचारको
निरन्तर प्रवाह गरिरहेका छन् ।
लम्बोदर पेट भएका दाह्रीवालको तस्बिर
फेसकुमा भेटिए भने कसको होला भनेर नघोरिए हुन्छ । ढाकाटोपी र कोटमा सेतै
फुलेका दाह्रीवाल फेसबुके खेलाडी हुन्, कायम मुकायम प्रधानन्यायाधीश
दामोदरप्रसाद शर्मा । उनका फेसबुके मित्र नै साढे दुई हजार पुगिसके ।
यद्यपि, सहकर्मी न्यायाधीशले ट्याग गरिदिएका तस्बिर र आफन्त÷साथीभाइले सेयर
गरेको स्टाटसकै भरमा उनको एकाउन्ट चलेको छ । कामु प्रधानन्यायाधीश भएपछि
बनेको बेग्लै व्यक्तित्व र बेफुर्सदका कारण सधंैजसो फेसबुकमा उपस्थित हुन
भने असमर्थ रहेको उनी बताउँछन् । आध्यात्मिक स्वभावका शर्मा सामाजिक
सञ्जाललाई सूचनाको शीघ्र सम्प्रेषण गर्ने माध्यमका रूपमा परिभाषित गर्छन् ।
त्यसैले त उनका पेज अधिकांश धर्म–कर्म र जप–ध्यानका तस्बिरले भरिएका
हुन्छन् । जिल्ला न्यायाधीश बन्नुअघि शर्माको फेसबुकका अधिकांश तस्बिर
सर्वोच्चका सहायक प्रवक्ता हेमन्त रावलले सेयर गरिदिन्थे । श्रीमान्का
प्रशंसक त्यहीं कमेन्ट गरेर चित्त बुझाउथे । यतिबेला भने रावलको बिंडो
पुनरावेदन अदालत विराटनगरका न्यायाधीश गोपाल पराजुलीले धानिरहेका छन् ।
तर, पराजुली रावलभन्दा अलि कन्जुस
देखिन्छन् । किनकि, उनले ‘सम्माननीयज्यू’ लाई आफ्नै तस्बिर मात्र ट्याग
गरिदिन्छन् । शर्माको फेसबुक पेज यति लोकप्रिय छ कि उनलाई गाली गर्नेदेखि
लिएर प्रशंसा गर्नेसम्म झुन्डिरहेका देखिन्छन् । तर, जिल्ला र पुनरावेदन
तहका न्यायाधीशजस्तो उनी फेसबुकमा आफ्ना विचार दिन भने अलि कन्जुस्याइँ
गर्छन् । सामाजिक सञ्जालका अर्का माहिर खेलाडी हुन्, सर्वोच्चका न्यायाधीश
गिरिशचन्द्र लाल । भर्खरै अबुधाबीको भ्रमणबाट फर्किएका लालले नेपाल
फर्केलगत्तै अंग्रेजीमा स्टाटस लेखे, ‘म काठमाडौं फर्किएको छु र धेरै खुसी
छु ।
घर भनेको घरै हो, जन्मभूमि भनेको
जन्मभूमि ।’ अबुधाबीका हरेक गतिविधिका तस्बिर उनको फेसबुक एकान्टमा अटाएका
छन् । अबुधाबीका होटलमा खाना खाएको होस् या स्थानीय पार्कमा दिएका पोज
हुन्, सबैमा उनको लाइक र कमेन्ट उत्तिकै आउँछ । आमन्यायाधीशजस्तै उनको पनि
विचार दिने शैली भने कम नै छ ।
सर्वोच्चकै अर्का न्यायाधीश कल्याण
श्रेष्ठ पनि फेसबुकमा छन् । तर, अत्यन्तै कम चलाउँछन् । भन्छन्, ‘अरूको
देखासिकीमा एकाउन्ट खोलियो तर के लेख्ने के राख्ने ?’ धेरे नचलाउनुको
का™णबारे उनको प्रतिक्रिया छ । फेसबुकमा उनलाई पछ्याउने त थुप्रै छन् तर
परिवारका सदस्य र टंकराज न्यौपाने नाममा पछ्याउने एक मित्रले भने अति नै
‘चाकडी’ गरेको उनकै फेसबुक मित्रको गुनासो देख्न पाइन्छ । सर्वोच्चका
न्यायाधीश रामकुमारप्रसाद साह पनि फेसबुकका निकै फ्यान रहेछन्, फोटोका
जत्तिकै । फेसबुकमा उनको अधिकांश समय प्रोफाइल परिवर्तन गरेरै बित्छ ।
सुरुमा फेसबुकमा छाइरहने साह सात महिनायता
भने फेसबुकमा निष्क्रिय छन् । सर्वोच्चकै पूर्वन्यायाधीश कमलनारायण दास
पनि फेसबुकमा उत्तिकै माहिर छन् । समय हदका कारण अवकाश पाएपछि वकालतमा
जानसमेत नपाएका दास नेपाल बार एसोसिएसनका सदस्यसमेत रहेका छोरा प्रसन्न
कृष्णको फर्ममा बसेर अधिकांश समय फेसबुकजस्ता सामाजिक सञ्जालमै बिताउने
गरेको उनका निकटवर्तीहरू बताउँछन् । चुनावी सरकारका अध्यक्ष बनेका
रेग्मीसहित सर्वोच्चका ११ मध्ये कल्याण श्रेष्ठ, सुशीला कार्की, प्रकाश
वस्ती, तर्कराज भट्ट र डा. भरतबहादुर कार्की मात्र फेसबुक नचलाउनेमा
पर्छन् । अर्का न्यायाधीश ज्ञानेन्द्रबहादुर कार्कीले पनि परिवारभित्र हुने
अधिकांश गतिविधिलाई फेसबुकमार्फत सार्वजनिक गर्न भ्याएकै छन् ।
पुनरावेदन अदालतका न्यायाधीशहरू गोपाल
पराजुली, मीरा खड्का, राघवलाल वैद्य (हाल निर्देशक, राष्ट्रिय न्यायिक
प्रतिष्ठान), मिहिर ठाकुर, सारंगा सुवेदी, युवराज सुवेदी, पुनरावेदन अदालत
पाटनका मुख्य न्यायाधीश केशरीराज पण्डित, रत्नबहादुर वागचन्दलगायतका
न्यायाधीश पनि सर्वाधिक फेसबुक चलाउने न्यायाधीशमा पर्छन् । उनीहरूका
अधिकांश अनौपचारिक दिनचार्य फेसबुकबाटै थाहा हुन्छ । कामै नभएका
युवायुवतीका जमातलाई समेत माथ गर्न सक्ने न्यायधीश हुन्, टेकनारायण कुँवर ।
जिल्ला अदालत हेटौंडामा कार्यरत उनको कार्यशैली पनि अरूको भन्दा उत्कृष्ट छ
र फेसबुक चलाउने शैली पनि ।
यस वर्ष उत्कृष्ट न्यायाधीशको सम्मान
थापेका कुँवर साँझमा घुम्न हेटौंडा बजार निस्किए÷ननिस्कएको खबरका लागि फोन
नै गरिरहन पर्दैन । फेसबुकमा साँझ फोटो भए गए, नभए गएनन् । सहज अनुमान
लगाउन सकिन्छ । फुर्सदका बेला बारीमा बोटबिरुवा रोप्न होस् या छोरीले
मुसुक्क मुस्कान किन नदिऊन्, श्रीमान्को फेसबुकमा तत्काल यस्ता तस्बिरले
स्थान पाइहाल्छन् । जिल्ला न्यायाधीशहरू जगतनाराणयण प्रधान, केआर
कोइरालालगायतका न्यायाधीश पनि फेसबुकप्रति निकै मोह राख्छन् । सामाजिक
सञ्जालमा न्यायमूर्तिको यो आकर्षणले खोपीमै सीमित न्यायाधीशको जागिरे
जीवनसमेत बिस्तारै खुल्दै जान थालेको छ ।
dilliach@gmail.com
No comments:
Post a Comment