पत्रकारिता गरेको दश वर्ष पुग्न लागेछ । यसवीचमा नपाली पत्रकारिता जगतमा सम्झन लायक र पाठक÷दर्शक÷श्रोताले सम्झन लायक कति काम गरियो त्यसको मुल्यांकन उहाँहरुलाई नै छोडौ । अखवारमा पाछिएका आफ्नै वाइलाइन अनगिन्ती चटपटे पसलअघि रातो रातो भएको अवस्थामा भेटेको छु । विहान छापिया मध्यान्हमा वासी । लेखाइ त सधै ताजा होस । स्मरणमा रहोेस । सधै पाइयोस । त्यो पो मज्जा । त्यही मजा व्लगमा पाइन्छ रे । व्लगका पारखी केही साथीको तर्क । व्लगको मज्जा के छ , त्यो त अव विस्तारै थाहा होला । अहिले भने लेखनी ताजा र सधै स्मरणयोग्य (कम्तीमा व्यक्तिगत रुपमै भएपनि) बनाउन आजबाट म पनि व्लगगमा आएँ । सके छिनछिनमा खवर, विचार लगायत तपाईका चाहना बमोजिमको खुराक दिनेछु । सकिन भनेपनि मेरा समाचार त अवस्यै पाउनुहुन्छ ।
अरु कुरा त लेख्दै जाउला नि ।
अरु कुरा त लेख्दै जाउला नि ।
No comments:
Post a Comment